+
+

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते ११:३१

२० असार, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामीको मृत्यु भएको अनलाइनखबरलाई जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?