+
+

प्रतिनिधिसभा विघटन : सभामुखको तर्फबाट बहस शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १२:१३

२० असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा सभामुख अग्नि सापकोटा पक्षका वकिलहरुको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस थालेका छन् ।

सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । सभामुखको तर्फबाट बहस गर्ने वकिलहरुलाई दुई घण्टाको समय दिइएको छ ।

आजै रिट निवेदक पक्षका वकिलहरुले जवाफी बहस पनि गर्ने तयारी छ । जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिने र फैसलाको मिति तोकिने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरुमाथि संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?