Comments Add Comment

राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भयो : मन्त्री पौडेल

२० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताए । उनले भने, ‘सरकार रमिते भएर होइन, प्रो एक्टिभ भएर परिचालित छ ।’ प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको उनले बताए ।

उद्दार, राहत तथा पुनस्थापना जस्तो मानवीय प्रश्नमा राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘स्वेच्छिक राहतमा यदाकदा सेलिब्रेटी स्टाइल प्रकट भएको छ ।’

यसलाई रोक्न स्वेच्छिक सहयोग गर्न चाहनेहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment