+
+

एनएस क्वालिटी अवार्डबाट सम्मानित शिवम् सिमेन्ट ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलव्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १३:५३

२० असार,  काठमाडौं । नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एन.एस.-५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस-५७२ अन्तरगत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ ।

शिवम् यसअघि ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोउत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन साथै बिक्री वितरण गर्ने तथा एनएस क्वालिटी अर्वाड-२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।

ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अर्वाड-२०१९ बाट सम्मानित भएको थियो ।

शिवमले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरि एनएस ५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमती संगै आफ्नो निरन्तरको गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको छ । ‘आजको यस घडीमा शिवम् सिमेन्ट आफुप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौं युग अटुट रहिरहने प्रतिवद्धता जाहेर गर्दछ,’ उनले भने ।

योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस-४९ प्रामाणिकरण गर्दै आइरहेको थियो । जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए । नेपालमा एनएस ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस.-५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एन.एस.-५७२ प्रमाणीकरण गर्नु  अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह-तहमा चुनढुङ्गा, कच्चा पदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एन.एस.-५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।

‘यहाँहरुकै भरोसाले बनेको यो सम्बन्ध युगौं युग अटुट रहिरहने छ प्रतिवद्धता सहित देशको विभिन्न ठुला-ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आˆनो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ,’ कम्पाीले भनेको छ, ‘ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?