Comments Add Comment

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुरु

तस्वीर सौजन्य : एन्फा  

२० असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु भएको छ । जुलाई १ देखि हुने भनिए पनि केही खेलाडीमा कोरोना संक्रमण भएपछि आइतबारदेखि प्रशिक्षण शुरु गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छ । बुधबार गरिएको प्रशिक्षणमा शुरुमा ११ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि शुक्रबार पुनः परीक्षणमा भने उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपलाई लक्षित गर्दै प्रशिक्षण शुरु गरेका हुन् । यस्तै अर्को वर्ष फेब्रुअरीमा शुरु हुने एएफसी एसियन कपको अन्तिम छनोटका लागि पनि यो प्रशिक्षण केन्द्रित हुनेछ ।

अलमुताइरीले क्याम्पमा ५० खेलाडीलाई बोलाएका छन् । ५० खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका प्रशिक्षण गराइनेछ । अलमुताइरीलाई सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षक विकास मल्लले सघाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment