Comments Add Comment

पुरुषहरूले गुगलमा के–के खोज्छन् ? पत्ता लाग्यो अनौठो तथ्य

काठमाडौं । सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ । स साना जानकारीहरुका लागि समेत हामीहरु गुगलमा निर्भर भएका छौं । कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा सर्च गर्न थाल्दछौं ।

पुरुषहरुको स्वास्थ्यका विषयमा अनलाइन परामर्श दिने वेबसाइट frommars.com ले गरेको एक अध्ययनमा गुगल सर्चकै माध्यमबाट पुरुषहरुको मनको कुरा जान्ने प्रयास गरियो । उक्त अध्ययनले पुरुषहरुले गुगलमा सबैभन्दा धेरै खोजी गर्ने पाँचवटा विषय पत्ता लगाएको छ । जुन यसप्रकार छन्ः

  • यौनांगको उत्तेजना : पुरुषहरु आफ्नो यौनिकता तथा यौन क्षमताको विषयलाई लिएर निकै सोँचमग्न तथा चिन्तित हुन्छन् । उक्त अध्ययनका क्रममा गुगल सर्चमा धेरै पुरुषहरुले लिंगमा उत्तेजना कम हुनुका कारणका विषयमा अत्यधिक खोजी गर्ने गरेको पाइएको छ । कमजोर उत्तेजना नपुंशकताको संकेत हो कि होइन ? भन्ने प्रश्नको जवाफ पुरुषहरुले गुगल सर्चमा निकै खोज्ने गरेका छन् । उनीहरु नपुंशकताको लक्षणका साथै आफु पनि कतै नपुंशक त छैन भन्ने कुरा जान्न चाहन्छन् गुगलको सहारा लिएर । अध्ययनको क्रममा विश्लेषण गरिएका मध्ये ६८ हजार ६ सय जना पुरुषले गुगल सर्चमा यो विषयको खोजी गरेका थिए ।
  • दाह्रीको चिन्ता : पुरुषहरु आफ्नो स्वास्थ्यका साथसाथै आफ्नो पुरुषसत्व देखाउने दाह्रीप्रति पनि निकै संवेदनशील र चिन्तित हुने गरेको पाइएको छ । के दाह्री खौरिँदा अर्थात् सेभिङ गर्नाले अनुहारमा बढि रौं पलाउँछन् ? भन्ने प्रश्नको जवाफ गुगल सर्चमा अत्यधिक खोजी गर्ने गरेको पाइएको छ । यो विषयको खोजी गर्ने पुरुषको संख्या ६८ हजार ४ सय थियो ।
  • स्तन क्यान्सर : महिलाहरुमा स्तन क्यान्सर आम समस्याको रुपमा रहेको छ । तर आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहेका धेरै पुरुषहरुले आफुलाई पनि स्तन क्यान्सर हुन सक्दछ वा सक्दैन भन्ने कुरा जान्न चाहन्छन् । गुगल सर्चमा पुरुषहरुले पुरुष स्तन क्यान्सरको बारेमा पनि अत्यधिक खोजी गरेको पाइएको छ । स्मरण रहोस् पुरुषमा हुने स्तन क्यान्सर अरु क्यान्सरको तुलनामा निकै फरक छ ।  ६० वर्षमाथिका केही पुरुषहरुमा यो समस्या देखिने गरेको छ । कूल ६१ हजार २ सय जनाले गुगल सर्चमा यस विषयमा खोजी गरेको अध्ययनका क्रममा पाइयो ।
  • कपाल कसरी झर्दछ ? : पुरुषहरुले गुगल सर्चमा अत्यधिक खोजी गर्ने केही विषयहरु निकै रोचक पनि छन् । पुरुषहरु जान्न चाहन्छन् कि के चुल्ठी बाट्नाले वा टोपी लगाउनाले कपाल झर्न सक्दछ ? कपालको चिन्ता गरेर गुगलको सहारा लिनेहरु ५२ हजार २ सय जना थिए ।
  • व्यायाम र प्रोटिन : कतिपय पुरुषहरु आफ्नो फिटनेसलाई लिएर निकै चिन्तित हुन्छन् । उनीहरु व्यायाम गरे लगत्तै प्रोटिनयुक्त खानेकुरा खानु पर्छ कि पर्दैन भन्ने कुरा जान्न चाहन्छन् । यदि प्रोटिन खानुपर्दछ भने कस्तो प्रोटिन खाने ? भन्ने कुरा पनि उनीहरुले गुगलमा सर्च गरिरहेका हुन्छन् । अध्ययनका क्रममा ५१ हजार जना पुरुषले उल्लेखित सवालको जवाफ गुगलमा खोज्ने प्रयत्न गरेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment