+
+
Shares

प्रियंकाको मुहारमा छल्किएको खुशी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते ११:४२

नायिका प्रियंका कार्कीको हातमा चलचित्र नभएपनि उनको चर्चा भने कम भएको छैन । केही बर्षदेखि चलचित्रमा क्रेज कम भएपनि प्रियंका प्रेम र बिहेका कारण सधै चर्चामा रहिन् । उनै, कार्की गत बर्षदेखि भने आमा बन्न लागेको खबरले चर्चामा छिन् । यसपछि, उनले निरन्तर सामाजिक संजालमा तस्वीर पोष्ट गरिरहेकी छिन् ।

नायिका कार्कीले सामाजिक संजालमा ‘बेबी सावर’को तस्वीर पोष्ट गर्दै खुशी व्यक्त गरेकी छिन् । उनका निकट केही साथीहरुले उनको बेबी सावरको कार्यक्रम आयोजना गरेका थिए । प्रियंकाले आफ्ना साथीहरुले सबै भन्दा उत्कृष्ट ‘बेबी सावर’को कार्यक्रम आयोजना गरेको लेखेकी छिन् ।

डेढ बर्ष अगाडि नायक आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाले गतबर्ष आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । यसपछि, उनको सामाजिक संजालमा आलोचना र प्रशंसा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?