
प्रतीकात्मक तस्वीर
२१ असार, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शंकास्पद अवस्थामा पुरुषको शव फेला परेको छ ।
बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जंगलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रंगको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको शव जंगलमा आइतबार भेटिएको जानकारी दिएको छ ।
एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको प्रहरीको भनाइ छ । मृतकको पहिचान भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4