Comments Add Comment

जापानमा पहिरोमा परी ८० जना बेपत्ता, खोजीकार्य जारी

२१ असार, काठमाडौं । जापानको समुद्री क्षेत्रमा रहेको सहर अटामीमा पहिरो गएपछि ८० जना बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार पहिरोको कारण घरहरु भत्किएका छन् भने सडकहरु माटो र ढुङ्गाले पुरिएका छन् । गत शनिबार अटामी सहरका प्रवक्ताले पहिरोको कारण चार जनाको मृत्यु भएको र ११३ जना हराइरहेको बताएका थिए । तर, अहिले बेपत्ता हुनेको संख्या ८० मा झरेको छ ।

जापानका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार सोमबार दुईजनाको जीवितै उद्धार गरिएको छ । करिब ३६ हजार मानिसको बसोबास रहेको अटामी सहर टोकियोबाट ९० किलोमिटर दक्षिण–पश्चिममा रहेको सहर हो । यो सहर गर्मीयामको लागि निकै लोकप्रिय छ ।

जापानका प्रधानमन्त्री योसिहिडे सुगाले अहिले उद्धारकर्ताहरुले सकेसम्मको प्रयास गरिरहेको बताएका छन् । उनले सकेसम्म छिटो पहिरोमा परी बेपत्ता भएका मानिसहरुको उद्धार गरिने बताएका छन् ।

जापानमा अटामीमा अविरल वर्षापछि पहिरो आएको छ । अहिले पनि जापानका केही क्षेत्रमा वर्षा भइरहेको छ । सामान्यतया जुलाई महिनाभर जापानमा पार्न पर्छ ।

पहिरोको कारण अटामीमा करिब १३० भवनहरु प्रभावित भएका छन् । अटामीमा भने अहिले वर्षा रोकिएको छ । तर, आगामी दिनमा झन् धेरै वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment