Comments Add Comment

स्कोडा कुशाकलाई किन कुर्ने ? यी छन् ७ वटा कारण

भारतमा केही दिनअघि स्कोडा कुशाकको सार्वजनिक भइसकेको छ । भारतीय बजारमा ग्राहकहरुले यसलाई एकदम रुचाइेएको पएएिको छ साथै बजार प्रतिकृया आपछ्या गएको भन्दा धेरै राम्रो दखिन्छ । फक्सवागन गु्रुपको इन्डिया २.० नीतिअन्तर्गत उत्पादन गरिएको कुशाकबाट उसले धेरै अपेक्षा गरेको छ । निकै प्रतिक्षा गरिएको यो मिड साइज एसयुभी नेपालमा एमएडब्लु स्कोडालेे साउनमा सार्वजनिक गर्ने बताइसकेको छ । आउनुहोस् यसलाई पर्खनुपर्ने ७  कारणबारे चर्चा गरौं ।

युरोपेली ब्रान्ड

कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत निर्माण गरिएको पहिलो युरोपेली एसयुभी हो । यो भारतमा निर्माण गरिएको भए पनि यसको बिल्ड क्वालिटी, पर्फमेन्स, ड्राइभिङ प्लेजर, स्टाइल र सुरक्षा युरोपेली मापदण्डकै छ । युरोपेली कारहरु गुणस्तर, अत्याधुनिक प्रविधि र ट्रेन्डसेटिङ मार्केटिङ र डिजाइनका लागि संसारमै चर्चित हुन्छन् ।

एक्सटेरियर स्टाइल

कुशाकको मस्कुलिन लुकले यसको रोड प्रेजेन्सलाई बेजोड बनाउनेछ  । यसको एक्सटेरियर रोबस्ट र पि्रमियम छ जुन स्कोडा क्यारोक र स्कोडा कोडियाकबाट प्रभावित छ । यसको क्रिस्टलाइन डिजाइन ल्यांग्वेज दुई वर्षअघि सार्वजनिक गरिएको भिजन आईएन कन्सेप्टसँग ठ्याक्कै मिल्दोजुल्दो छ । यसमा एल आकारको डीआरएलसहितको शार्प हेडल्याम्प राखिएको छ । त्यसैगरी, पछाडिको भागमा इन्डिकेटरसहितको एलइडी टेल ल्याम्प छ । साथै, स्पष्ट रुपमा देखिने स्कोडाको लोगो राखिएको छ । कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

 प्रिमियम इन्टेरियरस्कोडाका अन्य मोडेलझैं कुशाकमा पनि क्वालिटी इन्टेरियर रहेको छ । यसमा स्कोडा सपुर्बमा जस्तै  टु-स्कोप स्टेरिङ ह्विल रहेको छ । यसले स्टेरिङलाई पि्रमियम बनाएको छ । कुशाकको टप स्पेक भेरियन्टको स्टेरिङ ह्विल, गियर नब र सिटमा लेदर अपहोल्स्ट्री रहेको छ ।

ड्यासको बीचमा १० इन्चको फ्रि-स्ट्यान्डिङ टचस्क्रिन छ यसको तल एसी भेन्ट र एसी कन्ट्रोल राखिएको छ । एसीलाई टच प्यानलबाट समेत कन्ट्रोल गर्न सकिन्छ ।

साथै यसको ह्विलबेस २,६५१ मिलिमिटर छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसले इन्टेरियरलाई स्पेसियस बनाएको छ ।

अवार्ड-विनिङ टीएसआई इन्जिन

कुशाकको हुडमा टीएसआई इन्जिनप्रयोग गरिएको छ । यो इन्जिनले लगातार आठ वर्ष इन्टरनेशनल ‘इन्जिन अफ द इयर’ अवार्ड हासिल गरेको थियो, जसलाई अटोमोबाइल क्षेत्रको ओस्कार अवार्ड मानिन्छ । कुशाकमा प्रयोग भएको इन्जिनले ११५ पीएस पावर र १७८एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन रहेको छ ।

बेस्ट इन क्लास फिचर

सामान्यतया स्कोडा बिल्ड क्वालिटी, सेफ्टी फिचर र ड्राइभिङ प्लेजरका लागि लोकप्रिय छ । कुशाकमा भने योभन्दा पनि बढी हुनेछ । यसमा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम हुनेछ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवैलाई सपोर्ट गर्छ ।

नयाँ कुशाकमा मिररलिंक, भेन्टिलेटेड फ्रन्ट सिट, रियर एसी भेन्ट, आकर्षक ड्राइभर इन्फोर्मेसन कन्सोल, क्रुज कन्ट्रोल, रेन सेन्सर, एम्बायन्ट लाइटिङ, वुफरसहितको ६ स्पिकर, २ स्पोक स्टेरिङ ह्विल, अटो डिमिङ आईआरभीएम, स्टेरिङ-माउन्टेड कन्ट्रोल, वायरलेस चार्जर जस्ता फिचर छन् । साथै यसमा सनरुफ, किलेस इन्टि्र, स्टार्ट एन्ड एक्जिट सिस्टम पनि रहनेछ ।

सुरक्षाका फिचर

कुशाकमा ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेलल्याम्प र वाइपर तथा मल्टिकोलिजन ब्रेकिङ सिस्टम जस्ता सुरक्षा फिचर हुनेछन् । स्कोडाले कुशाकको सबै भेरियन्टमा इएससीलाई राखेको छ जुन सेग्मेन्टमै पहिलो पटक हो । टायर प्रेसर मनिटरिङ र हिल होल्ड कन्ट्रोल चाहिँ अप्सनल हुनेछ ।

इकोनोमिकल

स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरी भारतमा निर्माण गरिएको एसयुभी हो जसले गर्दा यसको मूल्य अपेक्षितभन्दा कम हुनेछ । नेपालमा यसको मूल्य ५० लाखबाट ६५ लाखको बीचमा हुने अनुमान छ । कुशाक क्यान्डी ह्वाइट, बि्रलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ ।

स्कोडा कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment