Comments Add Comment

क्रिकेटको लेभल वान कोच रिफ्रेसर कोर्स शुरु

२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको लेभल वान कोच रिफ्रेसर कोर्ष शुरु गरेको छ । क्यानले सोमबारबाट कोच रिफ्रेसर कोर्ष शुरु भएको जनाएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)सँगको सहकार्यमा शुरु भएको कोर्स चार दिन सञ्चालन हुनेछ । कोर्सका लागि आवेदन दिएका ९ जना यस कोर्समा सहभागी छन् ।

कोर्समा राजकुमार प्रधान, शोभा आले, सुनिल शाह, सञ्जय महर्जन, दीपेश खत्री, जमिल अन्सारी, वीरेन्द्र शाही, खेमराज भट्ट र जानकी भट्टको सहभागिता रहेको छ ।

कोर्समा सहभागीलाई क्यानको क्रिकेट म्यानेजर विनोद दासले सहजीकरण गर्नेछन् । यस्तै आईसीसीबाट अमिनुल इस्लाम, इकबाल सिकन्दर, नेपालका प्रशिक्षक जगत टमटा र महेशप्रसाद रिजाल स्रोत व्यक्तिको रुपमा रहने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment