+
+
Shares

क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई धरौटीमा छाड्न आदेश, थुनामुक्त भने नहुने

अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी बुझाएपनि थुनामुक्त भने हुन नपाउने विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
  • अन्य मुद्दामा समेत थुनामा रहेकाले अधिकारी धरौटी बुझाए तापनि तत्काल थुनामुक्त हुने छैनन् भनी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
  • अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध तीन अर्ब ६२ करोडभन्दा बढी बिगो मागदाबी गर्दै गत वैशाखमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

१९ साउन, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप खेपेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

तर, अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी बुझाएपनि थुनामुक्त भने हुन नपाउने उनले बताइन् ।

अख्तियारले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

ठेक्का सम्झौतामा नै ठेकेदार कम्पनीले राजस्व तिर्ने भनेर उल्लेख भएकोमा त्यसमा भएको प्रावधान विपरीत राजस्व छुट दिएको आरोप सहित अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो ।

अख्तियारले उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको थियो । राजस्व छुटको मुद्दामा अरु आरोपितहरू पनि धरौटीमा छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?