Comments Add Comment

सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

२२ असार, काठमाडौं । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् ।

तर सोही दिन दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । उनको परिवारले सविताको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

यो पनि पढ्नुहोस सुजिता भण्डारीको हत्या कि आत्महत्या ? अपहरणबारे अन्योल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment