Comments Add Comment

बैंकमा निक्षेप बढ्यो, कर्जा लगानी दैनिक एक अर्ब

२२ असार, काठमाडौं । पछिल्लो समय बैंकहरुमा निक्षेप आउने क्रम बढेको छ । असार १ गते यता बैंकहरुमा ५५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । जेठ ३१ गते बैंकहरुमा ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप थियो ।

असार १८ गतेसम्ममा ५५ अर्ब रुपैयाँले बढेर बैंकहरुको निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । अघिल्लो एक महिनामा जम्मा ३६ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन भएको थियो । जेठको तुलनामा असार महिनामा कर्जा लगानी शतप्रतिशतले वृद्धि हुने देखिएको छ ।

संघका अनुसार कर्जा लगानी भने असार महिनामा दैनिक औसत एक अर्ब हाराहारीमा लगानी हुने गरेको छ । असार १८ गतेसम्म बैंकहरुले २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कर्जा लगानी भने धेरै वृद्धि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment