+
+
Shares

मन्त्रीको अभिव्यक्ति रेकर्डबाट मेटाउने सहमतिपछि प्रदेशसभाको अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १९:२०

२२ असार, विराटनगर । प्रदेशसभा बैठकमा मन्त्रीले सांसदलाई गरेको व्यक्तिगत गाली रेकर्डबाट मेटाउने सहमति भएपछि प्रदेश १ प्रदेशसभा बैठकको अवरोध हटेको छ । माओवादी केन्द्रले १० दिनदेखि गरो प्रदेशसभाको अवरोध मंगलबारको सहमतिपछि हटेको हो ।

गत आइतबार संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि व्यक्तिगत गालीगलौच गरेको भन्दै माओवादी केन्द्रले संसद अवरुद्ध पार्दै आएको थियो । मन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र मन्त्रीले माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले चारवटा बैठक अवरुद्ध गरेको थियो ।

मंगलबार बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीको अभिव्यक्ति हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् । उनले सांसदलाई संसदको गरिमा कायम गरेर बोल्न रुलिङ पनि गरेका छन् ।

प्रदेशसभाको १२ औँ बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री गुरुङले गृहजिल्ला ओखलढुङ्गाका सांसद खड्कालाई व्यक्तिगत टिप्पणी गरेका थिए ।

मंगलबारको बैठकको शून्य समयमा बोल्दै उदयपुरका प्रदेश सभा सदस्य बिमल कार्की, सांसद सुनिता कुमारी चौधरीले कवुलियती वन बनाउने निर्णय खारेज गर्न माग गरे ।

संघीय सरकारले कोशीटप्पुको १७६.२३ हेक्टर जमिन निजी कम्पनीलाई लिजमा दिने निर्णय गरेपछि उदयपरको बेलका नगरपालिकाका स्थानीय आन्दोलनमा छन् । स्थानीयलाई उठिबास लगाउने गरी सरकारले वन घोषणा गरेको बताउँदै तत्काल निर्णय फिर्ता लिन माग गरे ।

उदयपुरकी सांसद अम्बिका थापाले त्रियुगा नदीको पुल नबन्दै भत्किएकाले ठेकेदारलाई कारवाही गर्न माग गरिन्। निर्माण शुरु भएको १२ वर्षपछि पुल बाचिएको बताउँदै उनले ठेकेदार कम्पनी लक्ष्मी लोकप्रिय जेभी कम्पनीलाई कारवाही गर्न माग गरेकी हुन् ।

शून्य समयमा बोल्दै मोरङका सांसद विजय विश्वासले आफ्नो क्षेत्रमा सडक निर्माण नहुँदा समस्या भएको बताएका थिए । धनकुटाकी सांसद कुसुमकुमारी श्रेष्ठले स्थानीय तहको बजेट बनाउने क्रममा विभेद भएको बताइन् ।

मंगलबार सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफलमा सांसद ओमप्रकाश सरावगी, लोकप्रसाद संगा्रैला, साबित्रा रेग्मी र सन्जाकुमार दनुवारले सामाजिक विकास मन्त्रालयको बजेट जथाभावी विनियोजन गरेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?