+
+

कञ्चनपुरमा मिठाइ चोरेको आरोपमा दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १९:४५

२२ असार, धनगढी । कञ्चनपुर प्रहरीले मिठाइ चोरेको आरोपमा दुईजना युवकलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका-१० भुजेलामा रहेको दर्शन बेकरीज एण्ड सप्लायर्सबाट मिठाइ चोरी गरेको आरोपमा बझाङको बित्थडचिर गाउँपालिकाका १९ वर्षीय हरीश खड्का र २० वर्षीय डम्बर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले १५ पेटी सोना पापडी र १५ पेटी पेडा मिठाइ चोरी गरेर फरार भएका उनीहरुलाई बझाङबाट पक्राउ गरिएको जानकारी दिए । अदालतबाट म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?