+

बार्सिलोनाका फिर्पो लिड्समा आवद्ध

२०७८ असार  २२ गते २०:२८ २०७८ असार २२ गते २०:२८
बार्सिलोनाका फिर्पो लिड्समा आवद्ध

२२ असार, काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाइटेडले स्पानिस क्लब बार्सिलोनाका जुनियर फिर्पोलाई अनुबन्ध गरेको छ । लिड्सले फुलब्याक फिर्पोलाई १३ मिलियन पाउण्डमा चार वर्षका लागि अनुबन्ध गरेको हो ।

२४ वर्षीय फिर्पो सन् २०१९ मा रियल बेटिसबाट बार्सिलोना पुगेका थिए । जहाँ उनले दुई सिजन बिताउँदा ४१ खेल खेल्दै २ गोल गरेका थिए । स्पेन यू-२१ का पूर्व खेलाडी फिर्पोले बार्सिलोनामा रहँदा कोपा डेल रे जितेका थिए ।

फिर्पोले लिड्समा अनुबन्ध भएपछि आफू जुन खालको खेलाडी छ त्यो स्तर लिड्सबाट देखाउन मिल्ने बताए ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय