+
+
Shares

एलिनालाई प्रश्न–‘के रचना र समिक्षासँग प्रतिस्पर्धा छ ?’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १२:३८

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय केही गायिकाहरु उदाएका छन् । चलचित्रदेखि आधुनिक, तीजका गीतमा उनीहरु नै छाएका छन् । यूवापुस्तामाझ लोकप्रिय बनेका गायिकाहरुमा एलिना चौहान, समिक्षा अधिकारी, रचना रिमाल पर्छन् । यस्तै, वेनिशा पौडेल, मेलिना मैनाली लगायतले पनि दर्शकको मन जितिरहेका छन् ।

यसैले पनि आधुनिक तथा तीजका गीतका निर्माताहरुले यी पाँचै गायिकालाई एकसाथ दर्शकमाझ ल्याउन महंगो रकम खर्च गरिरहेका पनि छन् । अहिले यी गायिकाहरुलाई गीत गाएर मात्र सुख छैन, भिडियोमा अभिनय पनि आफै गरिरहनु परेको छ ।

एउटै समयमा यो क्षेत्रमा भित्रिएका कारण पनि उनीहरु एक अर्कालाई प्रतिस्पर्धी ठान्छन् या ठान्दैनन् होला ? गायिका एलिना चौहान भन्छिन्–‘प्रतिस्पर्धी भनेर एक अर्काको कुरा काट्ने, डाहा गर्ने भन्ने छैन । स्वस्थ प्रतिस्पर्धा त हरेक ठाउँमा हुन्छ ।’

एलिनाले समिक्षा, रचना, बेनिशा लगायतका गायिकाहरुको स्वर आफ्नो भन्दा फरक भएकाले पनि प्रतिस्पर्धाको भावनाले नहेर्ने बताइन् । भनिन्–‘सबैको स्वभाव एउटै भएको भए सायद प्रतिस्पर्धा हुन्थ्यो होला । कुनै कुनै बेलामा भने हुन पनि सक्छ । किनकी, बजारमा गायिकाहरुको अभाव नहुँदा गीत निर्माण गर्नेलाई विकल्प छ । मैले गाउन पाइनँ वा भ्याइन भने पनि अर्को तुरुन्तै उहाँहरुले पाइहाल्नुहुन्छ ।’

एलिनाले कहिलेकाही आफूले स्वर भरेर फाइनल गरेको गीतमा फेरि अर्को गायिकाको स्वर समावेश गरिदा भने चित्त दुख्ने गरेको बताइन् । तर, यसलाई आफूले प्रतिस्पर्धाको भावनाले नहेरेको उनको तर्क छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?