+

मेसीले गरे गोलकिपर मार्टिनेजको प्रशंसा

२०७८ असार  २३ गते १३:२५ २०७८ असार २३ गते १३:२५
मेसीले गरे गोलकिपर मार्टिनेजको प्रशंसा

२३ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा पुगेपछि अर्जेन्टिनाका कप्तान लिओनल मेसीले गोलकिपर एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् ।पेनाल्टी सुटआउटमा पुगेको खेलमा उनै मार्टिनेजले तीन पेनाल्टी बचाउँदा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

मंगलबार भएको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि मेसीले मार्टिनेजलाई फेनोमेनोको रुपमा चित्रण गरेका हुन् । प्रिमियर लिग क्लबमा गत सिजन उत्कृष्ट प्रदर्शन गरेका २८ वर्षीय मार्टिनेजले गत महिना मात्र अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए । तर अहिले उनी अल्बिसेलेस्टेका हिरो बनिसकेका छन् ।

ब्रासिलियामा भएको खेलमा मेसीको पासमा लाउटारो मार्टिनेजले सातौ मिनेटमा गोल गर्दै अर्जेन्टिनाला२ अग्रता दिलाएपनि ६१औं मिनेटमा लुइस डियाजले कोलम्बियाका लागि बराबरी गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा मार्टिनेज नायक बने । उनले कोलम्बियाको तीन पेनाल्टी प्रहार रोके ।

‘हामीसँग एमी छन्,’ पेनाल्टीमा गोल गरेका मेसीले भने, ‘हामीले उनलाई विश्वास गर्‍यौं । हामीले सबै खेल खेल्ने लक्ष्य हासिल गर्‍यौं र अब हामी फाइनल पुगेका छौं ।’

यस्तै मुख्य प्रशिक्षक लिओनल स्कोलानीले मार्टिनेजको प्रभाव पेनाल्टीभन्दा धेरै अगाडि रहेको बताए । ‘हामी मार्टिनेजको प्रदर्शनबाट धेरै खुशी छौं, पेनाल्टीका कारण मात्र होइन तर उनले सुरक्षामा पारेको प्रभावको कारण पनि,’ स्कोलानीले भने, ‘डिफेण्डरको समूहले स्थायी रुपमा सपोर्ट गरेका छन् र हामीलाई त्यो मन पर्छ ।’

मार्टिनेजले तीन पेनाल्टी रोकेपछि सामाजिक सञ्जालमा उनको धेरै चर्चा भइरहेको छ । उनले दुई पेनाल्टी रोकेपछि गरेको सेलिब्रेसन समेत गज्जबको थियो ।

गोल डट कमको सहयोगमा

एमिलियानो मार्टिनेज कोपा अमेरिका फुटबल लिओनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय