Comments Add Comment

जेफ बेजोस बने इतिहासकै धनी व्यक्ति

जेफ बेजोस ।

२३ असार, काठमाडौं । अमेरिकी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको सम्पत्ति दुई खर्ब ११ अर्ब डलर पुगेसँगै उनी इतिहासकै सबैभन्दा धनी बनेका हुन् । मंगलबार अमेजनको शेयरको भाउ ४.७ प्रतिशतले बढेसँगै बेजोस इतिहासकै धनी बन्न सफल भएका हुन् । अमेरिकाको रक्षा मन्त्रालयले प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेसँगै अमेजनको शेयरको भाउ बढेको हो ।

मंगलबार मात्र बेजोसको सम्पत्ति आठ अर्ब ४० करोड डलरले बढेको हो । यसअघि गत जनवरीमा टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति दुई खर्ब १० करोड डलर पुगेको थियो । यद्यपि त्यसपछि भने उनको समत्तिमा कमी आउन थालेको थियो । मार्चको मध्यमा बेजोसले मस्कलाई उछिनेका थिए । अहिले मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको दोस्रो स्थानमा छन् । अहिले उनको सम्पत्ति एक खर्ब ८० अर्ब डलर पुगेको छ ।

यसै साता आधिकारिकरुपमा जेफ बेजोस अमेजनको सीईओ पदबाट हटेका छन् । यद्यपि ५७ वर्षीय बेजोस कम्पनीको कार्यकारी अध्यक्षको रुपमा भने कायम रहनेछन् । उनीसँग अमेजनको ११ प्रतिशत शेयर छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment