+
+
Shares

मौलिक हकमा प्रतिवद्धता जनाइदिन विपक्षी विद्यार्थी संगठनको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १४:५९

२३ असार, काठमाडौं ।मौलिक हकमा प्रतिवद्धता जनाइदिन विपक्षी दलका पाँच विद्यार्थी संगठनले शीर्ष नेताहरुसँग माग गरेका छन् ।

बुधबार उनीहरुले विपक्षी गठबन्धनका शीर्ष नेताहरु कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाललालाई छुट्टा-छुट्टै भेटेर ज्ञापनपत्र बुझाउँदै माग गरेका हुन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ र संविधानत: कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ । तर यो प्रावधान व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?