+
+

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १४:२३

२४ असार, जनकपुरधाम । ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको डुबेर मृत्यु भएको हो ।

लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?