Comments Add Comment

लुम्बिनी प्रदेश सरकारबाट चार जना पत्रकार पुरस्कृत

२४ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ६७ वर्षीय गौतमलाई एक लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको हो ।

यस्तै सिर्जनशील पत्रकारिता पुरस्कारबाट बाँकेकी अक्षरी पोखरेल, गुल्मीका जनार्दन घिमिरे र रुपन्देहीका हिक्मत चौधरी (मरणोपरान्त) पुरस्कृत भएका छन् । उनीहरुले ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ । चौधरी कोरोना संक्रमणबाट मृत्यु भएकाले उनको पुरस्कार धर्मपत्नी उदयदेवी कुँवरलाई प्रदान गरियो ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरे । पुरस्कार वितरणका लागि मन्त्रालयले रुपन्देहीका पत्रकार डीआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केबी घिमिरे सदस्य रहेको छनोट समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment