
२४ असार, मकवानपुर। प्रहरीले ३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् ।
घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4