Comments Add Comment

भुक्तानी नपाएको भन्दै सिंचाइ कार्यालयमा तालाबन्दी

२५ असार, रौतहट । श्रम गरेको भुक्तानी नदिएको भन्दै जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय रौतहटमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका छन् ।

कार्यालयले ठेक्का दिएका योजनाहरुको भुक्तानी नदिदा निर्माण व्यवसायी मर्कामा परेको भन्दै निर्माण व्यवसायी संघ रौतहटले शुक्रबार कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष दयाराम साहले बताए । सम्पन्न भएका योजनाहरुको भुक्तानीको लागी कार्यालय प्रमुखले वेवास्ता गरेको उनको आरोप छ ।

जिल्लामा सिचाई योजनाका काम कार्यालयको निर्देशन अनुसार नै आफूहरुले गरेकोमा भुक्तानीको बेला सो रकमलाई अन्य शीर्षकमा रकमान्तर गरेर कार्यालय प्रमुख सुमन झाले उपभोक्ता समितिहरुलाई रकम बाडेको आरोप निर्माण व्यवसायीहरुको रहेको छ ।

नेताहरुको आदेशमा कार्यालय प्रमुख झाले कामै नगरेका उपभोक्ता समितिहरुलाई रकम भुक्तानी दिएको निर्माण व्यवसायी अरबिन्द जयसवालले बताए ।

उनले भने, ‘आर्थिक वर्षको अन्तिम समयमा पनि करोडौं रुपैया भुक्तानी पाउन बाँकी छ। यसले हामी निर्माण व्यवसायीहरु अप्ठ्यारोमा परेका छौं ।तर कार्यालयले काम गरेको रकम दिने कुनै रुची देखाएन। ‘

आफुहरुको रकम भुक्तानकिा लागी प्रदेश सरकारले समेत कुनै चासो नदेखाएको उनको आरोप छ ।

यता भुक्तानीको लागी आफूले प्रदेश सरकारलाई समेत अनुरोध गरेकोमा योजनाहरुको भुक्तानी हुन नसकेको जलश्रोत तथा सिचाई डिभिजन कार्यालय रौतहटका प्रमुख सुमन झाले बताए ।

प्रदेश सरकारबाट उपभोक्ता समिति मार्फत भएको कामहरुको भुक्तानी दिए पछि निर्माण व्यवसायीले लगाएको आरोप सत्य नभएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment