+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

दुई पक्षबीच कुटपिट हुँदा सप्तरीमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १५:१७

२५ असार, सप्तरी । वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच भएको कुटपिटमा परी सप्तरीमा एकजनाको मृत्यु भएको छ ।

खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय दाउद मियाँ छन् । कुटपिटबाट टाउकोमा चोट लागेर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

राजविराज नगरपालिका वडा नम्बर-९ जगदरीका एजेन्ट सनाउल मामाघर लालपट्टी पुगेको बेला छोरालाई वैदेशिक रोजगारीमा पठाएका इजराइल र अख्तरसँग भएको विवाद कुटपिटमा परिणत भएको थियो ।

कुटपिटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?