
फाइल तस्वीर
२५ असार, काठमाडौं । सेयर ब्रोकरहरुले पनि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्न पाउनुपर्ने माग गरेका छन् ।
शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि आउने नीति तथा कार्यक्रमका लागि सुझाव दिदै स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले यस्तो माग गरेका हुन् ।
स्टक ब्रोकर कम्पनीहरु अहिले निजी कम्पनीहरुको रुपमा सञ्चालनमा रहेका छन् । कम्पनीमा सर्वसारणको पनि लगानी समेटेर पव्लिक बनाउने हो भने यसले सबैलाई राम्रो हुने अध्यक्ष मैनालीको सुझाव छ ।
सर्वसाधारण समेतको लगानी हुने हो भने ब्रोकर कम्पनीहरु थप पारदर्शी हुने उनको भनाई छ । तर नाममा लिमिटेड लेख्नमात्रै नभई साच्चिकै सर्वसाधारणको समेत सहभागीता गराउने गरी पव्लिक कम्पनी बनाउनु पर्ने उनको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4