Comments Add Comment

१७ वर्षीय किशोरको मुत्रथैलीबाट निकालियो एक किलोको पत्थरी

भारतको मुम्बइमा डाक्टरहरुले एकजना किशोरको शल्यक्रिया गरी मुत्रथैलीबाट एक किलोको पत्थरी निकालेका छन् ।

कलकत्ताका बासिन्दा रुबेन नामका ती १७ वर्षीय युवकको शरीरबाट एक किलोको पत्थरी निकालिएको घटना अहिले चर्चाको विषय बनिरहेको छ । उनको मुत्रथैलीबाट निकालिएको पत्थरको आकार एउटा ठूलो नरिवल जस्तै छ ।

रुबेनको मुत्रथैलीमा जन्मदेखि नै एक विशेष प्रकारको रोग थियो, जसको नाम एक्सट्रफी एपिस्पेडियाज कम्प्लेक्स अर्थात् इइसी हो । यो निकै दुर्लभ रोग हो, जुन एक लाख मानिसहरुमध्ये एक जनामा हुन्छ । यस्तो समस्या भएको व्यक्तिले सामान्य तरिकाले पिसाब फेर्न सक्दैन । पिसाब चुहिरहने समस्या हुन्छ ।

रुबेनले सुरुदेखि नै यो समस्या झेलिरहेका थिए । झण्डै १५ वर्ष अघि पनि उनको मुत्रथैलीको शल्यक्रिया गरिएको थियो र थैलीको आकार बढाइएको थियो । तर उनको समस्या समाधान भएन र थैलीमा पत्थरी जम्दै गयो र समस्या बढ्दै गयो । उनले पिसाब रोक्नै नसक्ने भए र मुत्रथैलीमा दुखाइ पनि बढ्दै गयो ।

त्यसपछि उनी आफ्नो पहिलो शल्यक्रिया गर्ने मुम्बइस्थित डाक्टरलाई फोन गरेर आफन्तसँगै मुम्बइ गए । ती डाक्टरसहितको टिमले शल्यक्रिया गरेर उनको मुत्रथैलीबाट क्याल्सियम अक्जालेट पत्थरी निकाले जुन डल्लाको तौल झण्डै एक किलो थियो ।

पत्थरी बाहिर निकालेसँगै डाक्टरहरुले मुत्रासयको तन्किएको भाग पनि ठिक पारे । शल्यक्रिया गरेपछि ती किशोर पूर्णरुपमा स्वस्थ भएको बताइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment