+

अर्जेन्टिनाका मार्टिनेज कोपाको उत्कृष्ट गोलकिपर

२०७८ असार  २७ गते ८:४६ २०७८ असार २७ गते ८:४६
अर्जेन्टिनाका मार्टिनेज कोपाको उत्कृष्ट गोलकिपर

२७ असार, काठमाडौं । अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १-० ले हराउँदै उपाधि जित्दा मार्टिनेजले क्लिनसिट राखे ।

उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे । सेमिफाइनलमा कोलम्बिया विरुद्ध पेनाल्टीसुटआउटमा अर्जेन्टिनाले जित हात पार्दा मार्टिनजेल ३ पेनाल्टी रोकेका थिए ।

चिली विरुद्धको पहिलो खेलमा उनले अर्टुरो भिदालको पेनाल्टी रोकेका थिए ।

गत महिना मात्र अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका उनले यस प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ७ मध्ये ६ खेल खेलेका थिए ।

अर्जेन्टिना कोपा अमेरिका फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय