+
+
Shares

गोरखामा यात्रुसँग बढी भाडा असुल्ने चालकलाई १० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १८:३१

२७ असार, गोरखा । गोरखाबाट विभिन्न स्थानमा जाने यात्रुसँग चर्को भाडा असुल्ने सवारी चालकलाई प्रहरीले कारबाही गरेको छ ।

तोकिएको भन्दा बढी भाडा असुलेर गोरखाबाट काठमाडौं, चितवन लगायतका स्थानमा यात्रु ओसारपसार गर्ने तीन माइक्रोबस चालक गोरखाको भीमसेन थापा गाउँपालिका–९ का सुजन भट्ट, वडा नम्बर ८ का प्रकाश श्रेष्ठ र तनहुँको आबुखैरेनी गाउँपालिका–३ का मनिराज गुरुङलाई प्रहरीले कारबाही गरेको हो ।

उनीहरुलाई जनही १० हजार रुपैयाँ जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ । बा ५ ख १०७७, बा ५ ख १०७३ र ग १ ख ९६२२ नम्बरको माइक्रोबस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय गोरखा पठाएको थियो । प्रशासनले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरुलाई कारबाही गरेको प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?