+
+
Shares

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन स्वागतयोग्य : चेम्बर

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १८:५५

२७ असार, काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधनको नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ । रेल सेवा सम्झौताबारे आइतबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले रेल सेवा संशोधन व्यापार तथा पारवहनमा कोशेढुंगा हुने जनाएको छ ।

रेल सेवा सम्झौता संशोधनले नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने चेम्वरका अध्यक्ष राजेन्द्र मल्लको भनाई छ । सम्झौताले पारवहन लागतमा कमी हुन गई नेपाली उत्पादनका माल वस्तुहरु प्रतिस्पर्धी हुने उनले बताए ।

दुई देशबीचको समझादारीले वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने चेम्बरको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?