
२७ असार, जनकपुरधाम । सिराहामा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित औरही गाउँपालिका– २ का सुजितकुमार यादवलाई पक्राउ गरेको छ ।
सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार उनको साथबाट कटुवा पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली पनि बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4