Comments Add Comment

लण्डनमै बसोबास गर्न थालिन् सोनम

बलिउड नायिका सोनम कपुरले ३ बर्ष अगाडि बिहे गरेकी थिइन् । बिहे गरेपछि उनी चलचित्रमा खासै सक्रिय थिइनन् । अब उनी, चाडै नै सुजोय घोषको चलचित्र ‘ब्लाइन्ड’मा काम गर्ने तयारीमा छिन् ।

उनै, सोनम कपुर अब भने स्थायी रुपमा नै लण्डनमा बस्न थालेकी छिन् । उनी, विशेष काम पर्दा मात्र मुम्बई आउने गरेकी छिन् । भारत छोडेर लण्डनमा नै बस्न थालेकी सोनमले आफूलाई स्वतन्त्रता मनपर्ने बताएकी छिन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘मलाई लण्डनको स्वतन्त्रता मनपर्छ । म आफ्नो काम आफै गर्न पाउँछु । घर सफा गर्न, खाना बनाउन पाउँछु । म सपिङ पनि आफै जान्छु ।’

सोनम लण्डनमा नै रहँदा पनि आफूलाई पर्यटक जस्तो लाग्ने गरेको बताउँदै आनन्द जस्ता श्रीमान् पाउनु आफ्ना लागि सौभाग्यको कुरा भएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment