Comments Add Comment

भिन्डी पकाएर भन्दा काँचै खानुका धेरै फाइदा

के तपाईंले कहिल्यै काँचो भिन्डी खानुको फाइदा र बेफाइदाबारे केही जानकारी खोज्ने गर्नुभएको छ ? पकाउन सजिलो र मीठो तरकारीको रूपमा चिनिने भिन्डी स्वास्थ्यको हिसाबले धेरै फाइदाजनक हुन्छ । भिटामिन ए, भिटामिन सी यसमा पाइने पोषक तत्वहरु हुन् । यसका साथसाथै यसले शरीरको प्रतिरोध क्षमता बढाउन पनि मद्दत गर्छ । यति फाइदा हुँदाहुँदै पनि यो तरकारीका बेफाइदाहरू समेत धेरै छन् । यसका फाइदा र बेफाइदाबारे तल उल्लेख गरिएको छ ।

भिण्डीमा पाइने पोषक तत्वहरू

भिटामिन ए

भिटामिन सी

भिटामिन के

म्याग्नेसियम

फाइबर

पोटासियम

सोडियम

क्याल्सियम

काँचो भिन्डी खानुका फाइदाहरु

काँचो भिन्डी खानुका धेरै फाइदा हुन्छन् । यो प्रोटिन, भिटामिन र खनिज पदार्थले युक्त हुन्छ । यस्तो अवस्थामा तपाईंको शरीरले यसको सेवन गरेर धेरै फाइदाहरू प्राप्त गर्न सकिन्छ । पेटको रोगहरू हटाउनुका साथसाथै यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत गर्ने गर्छ ।

१. पेटको रोगबाट मुक्त गर्न

काँचो भिन्डी पाचन प्रणालीको समस्या हटाउन सहयोगी हुने गर्छ । यसको सेवनले ग्यास्ट्रिक, कब्जियत, अपच, एसिडिटी लगायत समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक यसको प्रयोगले पेट फुल्ने, पेट दुख्ने लगायत समस्याबाट राहत दिन्छ । काँचो भिन्डीमा पाचन प्रणालीलाई मजबुत बनाउने क्षमता हुन्छ । काँचो भिन्डीले आन्द्राको स्वास्थ्यमा पनि सहयोग गर्ने गर्छ । यो आन्द्राको जलन हटाउन पनि सहयोगी हुन्छ ।

२. रगतमा चिनीको मात्रा नियन्त्रणका लागि

काँचो भिन्डीको सेवनले मधुमेहका बिरामीलाई फाइदा गर्छ । यसमा युजेनोल भन्ने तत्व पाइन्छ । जुन मधुमेहका बिरामीहरूका लागि लाभदायक हुन्छ । यससँगै काँचो भिन्डीले शरीरमा चिनीको मात्रामा भएको वृद्धिलाई पनि रोक्न मद्दत गर्छ । मधुमेहको जोखिमलाई कम गर्छ ।

हृदय स्वस्थ राख्नको लागि

तपाईं आफ्नो मन वा मुटु स्वस्थ राख्न काँचो भिन्डी उपभोग गर्न सक्नुहुन्छ । काँचो भिन्डीले मुटुको स्वास्थ्यलाई सधैं सन्तुलित राख्न मद्दत गर्छ । पेक्टिन नामक तत्व काँचो भिण्डीमा पाइन्छ, जसले खराब कोलेस्ट्रोलको स्तर घटाएर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यति मात्र होइन, घुलनशील फाइबर पनि काँचो भिन्डीमा पाइन्छ, जसले रगतको कोलेस्ट्रोल नियन्त्रण गर्छ । यसको सेवनले तपाईं हृदय रोगबाट बच्न सक्नुहुन्छ । साथै, मुटु रोगीहरूले यसबाट फाइदा लिन सकिन्छ ।

प्रतिरक्षा शक्ति बढाउन

रोगविरुद्ध सुरक्षा गर्नका लागि शरीरमा प्रतिरक्षा प्रणाली राम्रो हुनु महत्वपूर्ण छ । काँचो भिन्डीले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्ने गर्छ ।

एनिमियाको समस्याबाट बच्नका लागि

भिन्डीमा फलामको मात्रा प्रशस्त हुन्छ, जसले एनिमियाको समस्याबाट छुटकारा पाउँछ । एनिमियाको समस्या ज्यादातर महिलाहरुमा देख्न सकिन्छ । प्रायः यो समस्या हुन्छ जब शरीरमा रगतको अभाव हुन्छ । यस्तो अवस्थामा काँचो भिन्डी सेवन गर्नु फाइदाजनक हुन सक्छ । यो खाँदा शरीरमा हेमोग्लोबिन बढ्छ र रक्ताल्पताको समस्या हट्छ । यसबाहेक भिटामिन के पनि यसमा पाइन्छ, जो रक्तस्राव रोक्न सहयोगी हुन्छ ।

वजन कम गर्न

आजकल बढेको वजन धेरै व्यक्तिका लागि समस्याको विषय बन्ने गर्छ । वजन कम गर्न धेरै उपायहरू अपनाइन्छन् । तर ती सबै प्रयास सफल भइरहेका हुँदैनन् । यस्तो अवस्थामा तपाईं काँचो भिन्डी चपाएर बिहान बेलुका खानुहुन्छ भने त्यसले वजन घटाउन सहयोग गर्छ । भिण्डीमा फाइबरको राम्रो मात्रा पाइन्छ, जसले भोक कम गर्छ र तौल घटाउन मद्धत गर्छ ।

प्रोटिनयुक्त भिन्डी

भिन्डीको बीउ सेवन गर्नु स्वास्थ्यको दृष्टिले लाभकारी मानिन्छ । यसको बिउमा राम्रो मात्रामा प्रोटिन पाइन्छ । यस्तो अवस्थामा प्रोटिनको उपब्धताले मान्छेमा स्फूर्ति ल्याउने गर्छ । प्रोटिनको लागि काँचो भिण्डीको खपत गर्न सकिन्छ ।

काँचो भिण्डीका बेफाइदाहरू

सबै चीजका केही फाइदा र केही बेफाइदाहरू हुन्छन् । काँचो भिन्डीको पनि केही बेफाइदाहरू हुन्छन् । यदि तपाईं काँचो भिन्डी उपभोग गर्नुहुन्छ, भने तपाईं यसको हानिबारे सचेत हुनुपर्छ।

कफको समस्या छ भने काँचो भिण्डी खानुहुन्न

यदि तपाईंलाई पाचन प्रणालीसँग सम्बन्धित कुनै समस्या छ भने यस्तो अवस्थामा तपाईंले भिन्डी सेवन गर्नुहुन्न । भिन्डीको अधिक मात्रामा उपभोग नगर्नुहोस् । किनभने अधिक मात्रामा सेवन गर्दा कब्जियतको समस्या हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment