Comments Add Comment

मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै

फाइल तस्वीर

२९ असार, काठमाडौं । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ ।

छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।

देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सरकारमा सहभागीताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment