+
+
Shares

नेमकिपाले भन्यो – सर्वोच्चको फैसलाले राजनीतिक अन्योलता सम्बोधन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १२:४३

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सर्वोच्च अदालतको फैसलाले वर्तमान राजनीतिक अन्योलताको सम्बोधन नहुने बताएको छ ।

सर्वोच्चले सोमबार संसद पुनर्स्थापना तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

सांसदहरुलाई दलको ह्विपसमेत नलाग्ने गरी फैसला आएको भन्दै नेमकिपाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताएको छ ।

मंगलबार पार्टी सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै भनेका छन् – यो फैसला व्यवस्थापिकामाथि न्यायापालिकाको आक्रमण हो, प्रजातन्त्रविरोधी कदम हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?