Comments Add Comment

जंगलभित्र ७५ वर्षदेखि सयौँ कारको जाम (भिडियो सहित)

बेल्जियमको दक्षिण भागमा अवस्थित एउटा घना जंगलमा पछिल्लो ७५ वर्षदेखि कारको भीषण जाम भैरहेको छ ।

जंगलभित्र कारको ट्राफिक जाम, त्यो पनि ७५ वर्षदेखि ! यो अपत्यारिलो तर सत्य घटनाको यथार्थ चाहिं ऐतिहासिक नै छ ।

वास्तवमा उक्त ठाउँमा दोश्रो विश्वयुद्धदेखि नै कारको जाम लागिरहेको छ र एक प्रकारले कारको विशाल चिहानको रुपमा रहेको छ ।

घना जंगलभित्र रहेको उक्त च्याटिलन कार ग्रेभयार्डमा ७५ वर्षदेखि ठूलो संख्यामा कारहरु थन्किएका छन् । ती कारहरु जिर्ण भैसकेका छन् र कारभित्रैबाट रुखबिरुवा पलाउन थालिसके । फ्रान्स र बेल्जियमको सीमा क्षेत्रमा पर्ने च्याटिलन गाउँ नजिकै छ उक्त कार चिहान । जहाँ ५०० भन्दा बढी कार त्यसै थन्किरहेका छन् वर्षौँदेखि ।

त्यहाँ कारहरु सडकमा ट्राफिक जाममा परेजस्तै गरी थन्काइएका छन् । जाममा परेको बेला ठूलो प्रलय भएर जहाँको त्यही अडि्कएजस्तै ।

उक्त ठाउँमा त्यति धेरै कार कसरी आए ? र कसरी थन्किए ? भन्ने कुरा रहस्यकै रुपमा रहेको छ । तर कतिपयको भनाइ अनुसार दोश्रो विश्वयुद्धका बेला त्यहाँ खटिएका अमेरिकी सेनाले ती कार ल्याएर जम्मा गरेका हुन् ।

अमेरिकी सेनाले चर्को कर तिर्नु नपरोस् भन्नका लागि ती कारहरु जंगलभित्र लगेर लुकाएका थिए । युद्ध समाप्त भएपछि अमेरिकी सेनाले ती कारहरु अमेरिका नै लैजान चाहन्थे तर युद्ध समाप्तीसँगै कारहरु त्यहाँबाट लगिएनन् । जसका कारण जंगलभित्र वर्षौँदेखि कारको चिहान बनिरहेको छ ।

एजेन्सी

हेर्नुस् भिडियो –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment