Comments Add Comment

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने भन्ने टुंगो लगाएको थिएन । एक नेताका अनुसार अध्यक्ष प्रचण्डले नाम सिफारिस नगर्न आग्रह गरेका थिए र नेताहरुले समावेशी र सक्षम टिम सरकारमा पठाउनुपर्ने जोड दिएका थिए । बैठकको अन्त्य गर्ने क्रममा प्रचण्डले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्र पार्टीबाट क–कसलाई सरकारमा पठाउने बताएका थिए ।

देउवालाई भेटेपछि सम्भव भए स्थायी कमिटी बैठक बस्ने, नभए नेताहरुसँग परामर्श गरेर नाम पठाउने उनको आश्वासन थियो ।

तर मन्त्रीका लागि शर्मा र भुसालको नाम दिंदा आफूहरुसँग कुरा परामर्श नभएको नेताहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment