Comments Add Comment

कैलालीमा दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ

२९ असार, धनगढी । कैलालीमा दुुर्लभ पाटे बाघको छालासहित प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी) को टोलीले मंगलबार साँझ जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका अन्दाजी ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

करिब १० मिटर लम्बाइको पाटेबाघको छाला बिक्री गर्दै हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको आरआइटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अहिले उनीहरुलाई छालासहित आरआईटीले इलाका प्रहरी कार्यालय चौमालाको जिम्मा लगाएको छ । उक्त क्षेत्रमा गत फागुनमा बाघले आतक मच्चाएको थियो ।

पाटेबाघले आक्रमण गर्दा गौरीगंगा नगरपालिका–५ अन्डैयामा २५ वर्षीया कला धामीको मृत्युु भएको थियो ।

चौमाला क्षेत्रमा आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङसमेत गरेको थियो । तर बाघ नियन्त्रण लिन सकेको थिएन ।

अहिले बरामद भएको छाला आक्रमण गरेर महिलाको ज्यान लिने पाटेबाघको हुनसक्ने प्रहरीले अनुुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment