३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचका लागि आवेदन खुला गरेको छ ।
क्यानले एक सूचना जारी गर्दै राष्ट्रिय टिमको लागि उक्त पदमा आवेदन खुल्ला गरेको जनाएको छ ।
जसका लागिलेभल टु सर्टिफाइड फिटनेस ट्रेनर हुनुपर्ने जनाएको छ । त्यसका लागि बेलायत, अष्ट्रेलिया वा भारतको संस्थाबाट सर्टिफिकेट लिएको हुनुपर्नेछ ।
यस्तै क्रिकेट टिमसँग काम गर्ने चाहना भएको र स्पोर्ट्स टिमसँग कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।
इच्छुकहरुले यही जुलाई २४ सम्म vacancy@cricketnepal.org मा सिभी पठाउन सक्ने क्यानले जनाएको छ ।
प्रतिक्रिया 4