Comments Add Comment

पूर्वाग्रह राख्दिन, परिमाण निकाल्ने गरी काम गरौं : ऊर्जामन्त्री भुसाल

३० असार, काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पदबहाली गरेकी छिन् । पदभार ग्रहण गर्दै देश र जनताको सपना पूरा गर्न आत्मसाथ गरौं, राम्रो परिणाम निकाल्न लाग्नुपर्ने बताइन् ।

‘जनताको छोरी हुँ, जनताको जनयुद्वबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं,’ उनले भनिन्,’जनताका काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’

काममा कुनै पूर्वाग्रह नराख्ने तर, परिणाममुखी काम निकाल्नुपर्ने उनले बताइन् । लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने पक्ष सुधारेर अघि बढ्न उनले सुझाइन् ।

‘कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिऔं, बिजुली बत्ती बाल्नै नपाउनेहरू छन्, उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्‍याउनुपर्छ,’ उनले भनिन् ।

कृषि प्रधान देश भनिए पनि सिचाइँको समस्या ठुलो भएको भन्दै मन्त्री भुसालले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्‍याउन लाग्नुपपर्ने बताइन् ।

‘अहिले बाढी पहिरो र भूक्षय बढेको छ, हामीले हाम्रो जिम्मेवारी पूरा गरेर विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment