
३० असार, काठमाडौं । सरकारी कारोबार गर्ने इजाजत पत्रप्राप्त ‘क’ वर्गको बैंकलाई कारोबारको हिसाब मिलान विवरण सुपरभाइजरी इन्र्फमेसन सिस्टम (एसआईएस) बाट गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
आगामी साउन एक गतेबाट सो प्रणाली कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ । यसअघि राष्ट्र बैंकले यस्तो विवरण इमेलबाट प्राप्त गर्दै आएको थियो ।
एसआईएस प्रणाली पूर्णरुपमा कार्यान्वयन भैरहेकाले नयाँ आर्थिक वर्षदेखि सरकारी कारोबारमा अनिवार्य गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4