
३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।
यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका हुन् ।
माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।
पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4