+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेप्से स्थिर, अन्यौलमा लगानीकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १७:३८

२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्यौलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो ।

बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख  ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार रकम भने पाँच अर्ब ६५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै एक अर्बले बढी हो ।

आज कारोबारमा आएका १३ उपसमूह मध्ये आठवटा उपसमूह घटेर राताम्मे रह्यो भने जलविद्युत, फाइनान्स, होटल, म्युचल फण्ड र लगानी उपसमूह भने झिनो अंकले बढ्यो ।

हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स, कालिका पावर कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीको सेयर मूल्य पाँच प्रतिशतले बढ्यो । दोस्रो बजारमा बुधबार हिमालयन पावर पार्टनरको सेयर मूल्य ८.१० प्रतिशतले बढ्दा सो कम्पनीका लगानीकर्ताले उच्च नाफा कमाए भने नबिल ब्यालेन्स फण्ड दुई लगायतका लगागनी कर्ताले बजारबाट दुई प्रतिशतको घाटा ब्याहोरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?