+
+

हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १९:३१

३० असार, बुटवल । अर्घाखांचीको पाणिनी गाउंपालिकामा १४ वर्ष अघि भएको हत्याका फरार अभियुक्त पक्राउ परेका छन् ।

पाणिनी गाउँपालिका–५ पल्टेका २१ वर्षिय नारायणबहादुर सूर्यवंशी मगरको २०६४ साल असोज २६ गते दिन आफ्नै घरमा तीनजनाको कुटपिटबाट हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको अभियोगमा कपिलबस्तु बाणगंगा नगरपालिका-१ उप्टहवाबाट ४२ वर्षिय हुमबहादुर रास्कोटी मगर पक्राउ परेका हुन् । १४ वर्षअघि पाणिनी गाउँपालिकाकै बासिन्दा रहेका रास्कोटी बसाई सराई गरी कपिलवस्तु झरेका हुन् ।

उनी घरमै लुकिछिपी बसेको अवस्थामा अर्घाखांची प्रहरीले कपिलवस्तु प्रहरीको समन्वयमा पक्राउ गरिएको र अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

घटनामा संलग्न मध्ये बर्ष ४५ का चोकबहादुर खाम्चा मगर र वर्ष ४८का गनबहादुर खाम्चा मगर फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरक्षिक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?