Comments Add Comment

विप्लवले माधव नेपाललाई भेटे, प्रचण्ड पनि सँगै

३१ असार, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन् । माधव-विप्लव भेटका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित भएको उनको सचिवालयले जनाएको छ ।

महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवासमा भेटवार्ता गरेका थिए ।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment