Comments Add Comment

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

३१ असार, काठमाडौं । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ । गाउँपालिका अध्यक्ष थापाको बिहीबार बिहान ८ बजे नेपाल प्रहरी अस्पताल काठमाडौंमा निधन भएको हो ।

गाउँपालिका उपाध्यक्ष मिना भण्डारीका अनुसार ७० वषिर्य थापा करिब तीन महिनादेखि उपचारार्थ अस्पताल भर्ना भएका थिए । उनी लामो समयदेखि दमको रोगबाट पीडित रहेको समेत भण्डारीले जानकारी दिइन् ।

एमाले सांसद प्रदीप ज्ञवालीले गुल्मी दरवार गाउँपालिका र समग्र जिल्लाको विकासमा सक्रिय योगदानका लागि उनी सधै सम्मानित रहने बताएका छन् । थापा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment