Comments Add Comment

गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चार जना घाइते

३१ असार, गुल्मी । गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी जीपमा सवार चार जना घाइते भएका छन् । धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जीपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प  ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जीपको ठक्करबाट घाइते भएका पाण्डेको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि जीप पल्टिएको थियो । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । मृतक पाण्डे तम्घासमा व्यापार व्यवसाय गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment