+
+
Shares

‘डाँडाघरे साइँली’ले बोकेको मौलिकता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १७:०४

नशा–नशा रगतमा छौं तिमी, पिरतीको अर्को नाम हौ तिमी
तिमी मलाई प्रलय नै मनपर्नी
तिमी मलाई प्रलय नै मनपर्नी
तिम्ले छड्के आँखाले नहेर्ने, मैले हत्ते गरेर के गर्नी
ओई, डाँडा घरे साइँली, मैले हत्ते गरेर के गर्नी ।।।

नेपाली सांगीतिक क्षेत्रमा मौलिकता हराएको गुनासो बढिरहेको छ । तर, बेलाबेलामा केही मौलिक गीतहरु नआउने भने होइनन् । पछिल्लो समय सार्वजनिक भएको मौलिक लोक गीत हो, ‘डाँडाघर साइँली’ । गीतको शब्द कृष्ण केसीले लेखेका हुन् । गीतमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन् । गीतलाई गाएका छन्, स्वरुपराज आचार्य र लक्ष्मी मल्लले । गीतलाई कृष्ण बि.के ‘भाञ्जा’ले संगीत संयोजन गरेका छन् । आधुनिक गीतका सु–प्रसिद्ध गायक स्वरुपराजको यो पहिलो लोकगीत हो ।

गत साता यस गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भावअनुसार ग्रामिण परिवेशमा भिडियो निर्माण गरिएको छ । देबेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा प्रकाश सपूत, शिल्पा पोखरेल, करिष्मा ढकाल र श्रीकृष्ण बम मल्लको अभिनय छ । यसअघि पनि भिडियो निर्देशनबाट दर्शकको मन जितेका देबेन्द्रले यस गीतबाट आफूलाई थप प्रमाणित गरेका छन् । उनले गीतको मर्म अनुसार भिडियोमा आफ्नो शिल्प देखाउन सफल छन् ।

कलाकारहरुको अभिनयले दर्शकको मन जित्छ । भिडियोमा अभिनय गरेका प्रकाशले धेरैपछि आफैलाई स्क्रिनमा हेरेर मज्जा लागेको बताएका छन् । भिडियो शेयर गर्दै लेखेका छन्,–‘उमेर फर्काउन मिल्ने भए फेरि एकपटक साथी संगीहरु बटुलेर यो गीतमा तालिम गर्न हुन्थ्यो र डाडाँमा मेला लगाउन हुन्थ्यो । धेरै पछि आफैलाई स्क्रिनमा हेरेर मज्जा आयो । धन्यबाद डाडाँघरे टिम ।’

संगीतकार श्रीकृष्ण बम मल्ल नेपाली मौलिक गीत सिर्जना गर्ने आफूहरुको पहिल्यैदेखिको सोच अनुसार ‘डाँडाघर साइँली’ बनेको बताउँछन् । उनी नेपाली सांगीतिक क्षेत्रमा लोक, आधुनिक, पप भनेर छुट्याएर विभेद गर्न नहुने सोच राख्छन् । सोही साँच अनुसार स्वरुपराजलाई गाउन लगाएको उनको भनाई छ । उनले अनलाइनखबरसँग भने–‘विधागत रुपमा आधुनिक, लोकगीत भनेर छुट्याउने, विधागत रुपमा हेरेर गीत गाउनेलाई सानो–ठूलो भनेर परिभाषित गर्नु हुँदैन भन्ने मलाई लाग्छ ।’ उनी आधुनिक गीतका गायकले पनि लोकगीतको मेलोडीलाई प्राण दिएर गाएको बताउँछन् ।

गीत अनुसार भिडियोको भ्यूज कम हो कि ? प्रश्नमा श्रीकृष्ण बम भन्छन्–‘हामीले भ्यूजका लागि भन्दा पनि सन्तुष्टीका लागि काम गरेका हौं । अहिले तीजका गीतहरु आईरहेको समयमा हाम्रो गीतलाई पनि स्रोता दर्शकले माया गरिदिनुभएको छ । त्यसमै एकदमै खुसी छौं ।’ मौसम हिमालीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?