Comments Add Comment

प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस नेप्सेमा सूचीकृत

३१ असार, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस नेप्सेमा सूचीकृत भएको छ । चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको २५ औं वाषिर्क साधारण सभाले उक्त बोनस पारित गरेको थियो । इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख २६ गते आइतबारदेखि बुकक्लोज गरेको छ ।

वैशाख २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment